अनमोललाई सिंहदरबार बृत्तको हिरासतमा राखियो, आइतबार अदालत लगिने

अभिनेता अनमोल केसीलाई सिंहदरबार प्रहरी बृत्तको हिरासतमा राखिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेर सिंहदरबार बृत्तमा पठाएको हो।

अब अनमोललाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।

शुक्रबार दोलखाबाट फर्किंदै गर्दा प्रहरीले उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो। उनीविरुद्ध फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लिएर पनि घात गरेको आरोप छ।

फिल्म ‘रावायण’ बुधबारदेखि नै सुटिङ गर्ने सहमती भएको थियो। तर अनमोल सुटिङमा जान आलटाल गर्न थालेपछि निर्मातासँग विवाद बढेको हो।

सुटिङका लागि निर्माताले सुटिङ युनिटको टोलीमा एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको बताएका छन्। उनीहरुले रकम फिताशर्् दिन नसक्ने र काम गर्न तयार रहेको बताएका छन्।

तर केसीले नमान्दा ६५ जना प्राविधिक कर्मचारी पनि बेरोजगार बनेका थिए।

प्रहरीले छलफलका लागि बोलाउँदा समेत अनमोल नआएको एसएसपी राठौरले बताए। अनमोल भने आफूविरुद्ध उजुरी परेपछि उच्च अदालत पाटनबाट पक्राउ नगर्न अन्तरिम आदेश माग गर्दै पुगेको पाइएको छ।

तर फौजदारी कसुरमा बाधा नपर्ने गरी अदालतले लेनदेनको कसुरमा मात्रै पक्राउ नगर्न आदेश दिएको थियो। प्रहरीले आपराधिक विश्वासघातको कसुरमा पक्राउ गर्न अदालतको आदेशले नरोक्ने जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *