नेपाल वेयरहाउजिड्ग कम्पनीलाई धितोपत्र निष्कासन गर्न स्वीकृति प्राप्त

काठमाडौँ । नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले हिमालयन क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धक्त्वमा सर्वसाधारणका लागि १३ लाख ६ हजार कित्ता साधारण शेयर स्वीकृति प्राप्त गरेको छ ।

अङ्कित मूल्य रु १०० का दरमा प्रारम्भिक सार्वजनिक लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको हो ।

पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्टयाई बाकी रहेको सर्वसाधारणहरूको लागि निष्कासन गर्नेछ।

कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरी संचालनमा ल्याएको र कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भईरहेको र सो समेत पौष महिना सम्ममा संचालनमा आउने कम्पनीले बताएको छ।

खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु नै कम्पनी संस्थापन गर्नुको मुख्य उद्देश्य रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *