एमाले बागमतीको नेतृत्व चयनका लागि शुक्रबार चुनाव हुने
२०८० असोज ११ गते

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि शुक्रबार चुनाव हुने भएको छ । नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुने अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
यद्यपि, आज राति ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । उक्त अवधिमा सहमतिको प्रयास जारी रहने तामाङले बताएका छन् ।
आज राति ९ बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशित हुने तामाङको भनाइ छ ।
२०८० असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








