सेगवेको नयाँ शोरुम : चितवन र बुटवलमामा

काठमाडौँ । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा नयाँ शोरुमको भव्य उद्घाटन गरेको छ ।

कम्पनीले शोरुमहरू साझेदार लोक सुशीला मोटर प्रा। लि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रा। लि, हाकिम चोक, भरतपुर सँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले यस आयामले सेगवेको आफ्नो ग्राहकहरूलाई विशेष उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काएको बताएको छ ।

बुटवल र चितवनका शोरुमहरुमा अत्यधिक लोकप्रिय एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलहरू सहित सेगवेका उत्पादनहरूको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ ।

यस विस्तृत विकल्पहरूको प्रदर्शनीले ग्राहकहरूलाई आफ्नो आवश्यकता अनुसार शीर्ष मोडेल छनोट गर्न सहज हुनेछ कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *