प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी भएका हुन् ।

त्यसअघि आजै दिउँसो चार बजे प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेको थियो ।

साथै राष्ट्रपति सीले एसियाली खेलकुदमा सहभागी हुन आएका विशिष्ट पाहुनालाई दिएको दिवा भोज कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए।

प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चिनियाँ समय अनुसार १०ः १० बजे चीन पुगेका थिए।

उनको चीन भ्रमण एकसाताको हुनेछ । प्रधानमन्त्री हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *