नाडा अटो शो २०२३ को पाँचौँ दिन : आधा लाख बढीले गरे अवलोकन (फोटो/भिडिओ)

काठमाडौँ । मंगलवारदेखि काठमाडौँमा नाडा अटो शो २०२३ को पाँचौँ दिन अवलोकनकर्ताको भीडले थप रौनक देखिएको छ ।
आर्थिक शिथिलताका बाबजुद आयोजित अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको भिडभाड उत्साहप्रद रूपमा बढेको छ ।
अटो शोको पाँचौँ दिन आज शनिवार सम्ममा ५० हजार हजार भन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरिसकेको नाडा अटो शोका संयोजक अनुप बरालले बताए । उनले तीन वर्ष पछि अटो शो भए पनि अवलोकन र खरिद कर्ताहरूको उपस्थिति उत्साहजनक रहेको बताए ।

बरालले सवारी साधनहरूमा पनि पछिल्लो समय विद्युतीय गाडीमा मानिसहरूको आकर्षण देखिएको बताए । उनले विशेष गरी नयाँ  र पुराना विद्युतीय सवारी साधनहरूमा मानिसहरूको बढी माग र आकर्षण साथै कारोबार पनि राम्रो रहेको दाबी गरे । उनले विद्युतीय सवारी साधनमा देखिएको मानिसहरूको भिडले विद्युतीय सवारी साधनमा विश्वास बढेको देखिएको उल्लेख गरे ।
संयोजक बरालले अटो शोमा दुई र चारपाङग्रे सवारी साधनहरूको बुकिङ र भएको चहलपहलले अर्थतन्त्रमा सकारात्मक सन्देश दिने बताए । उनले अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको आकर्षण हेर्दा अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने देखिएको उल्लेख गरे  ।
उनले दुई दिनमा २० हजारसम्म अवलोकनकर्ता आएमा ७० हजार अवलोकन गराउने उद्देश्य पूरा हुने भन्दै कारोबार पनि अपेक्षा अनुसार हुने विश्वास रहेको बताए । उनले अटो शोले अर्थतन्त्र र अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने काम गरेको बताए ।
सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले तीन वर्षपछि अटो शो भएकाले अवलोकन कर्ताहरूको भिडभाड धेरै रहेको बताए । उनले अटो शोमा सबै ब्राण्डका गाडीहरु एकै ठाउँमा हेर्न पाउने भएकाले पनि मानिसहरूको भीड लाग्ने गरेको बताए । उनले सवारी साधन खरिद गर्ने र बेच्ने दुवैको लागि अटो शो राम्रो प्लेटर्फम भएको बताए ।
निर्देशक गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा मन्दीको अवस्था भएकाले बिक्री राम्रो भए पनि विद्युतीय सवारी साधनमा आकर्षण देखिएको बताए । उनले विद्युतीय सवारी साधनमा आकर्षण देखिएकाले माग र बुकिङ राम्रो रहेको उल्लेख गरे ।
त्यस्तै बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्कका मार्केटिङ प्रमुख आशुतोष गौतमले विद्युतीय गाडीको माग राम्रो रहेको बताए । उनले बीवाईडी विद्युतीय सवारी साधन उत्पादन कम्पनी भएकाले पनि प्रदर्शनीमा राखिएको न्यून बीवाईडी सेल र डल्फिनको माग उच्च रूपमा आएको बताए । उनले बीवाईडी कम्पनीको विद्युतीय गाडी अटो शो भन्दा अगाडि ५०० बुकिङ भएकोमा अटो शो सुरु भएपश्चात् पाँच दिनमा ३०० बढी बुकिङ भएको बताए ।
त्यस्तै ,अटो शो अवलोकनकर्ता डा.भोजराज घिमिरेले अटो प्रदर्शनीमा भिडभाड भए रहेको तर स्टल राख्ने कम्पनीहरूले अनुभवी र कम्पनीको गाडीको विशेषताको विषयमा ज्ञान नभएको पाएको बताए । उनले अनुभवी एक दुई जना भए पनि ग्राहकहरूलाई डिल गर्न व्यस्त रहने देखिएकाले राम्रो ब्राण्डको कम्पनीको फिचर्सको विषयमा सही जानकारी लिन समस्या रहेको बताए ।
उनले सवारी साधन हेर्न आउने ग्राहकलाई गाडीको विशेषता भन्ने भन्दा पनि नम्बर टिप्नेमा बढी प्राथमिकता दिएको पाएको बताए । उनले नेपालको अर्थतन्त्रमा समस्या भए पनि मानिसहरूको व्यवहारमा परिवर्तन भएको भन्दै दुई पाङ्ग्रे बाट चार पाङ्ग्रे परिवर्तन गर्ने अवस्थामा रहेको बताए । पेट्रोलको मूल्य उच्च हुँदै गएकाले पछिल्लो समय मानिसहरूले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको देखिएको छ ।
अटो शोसँगै अटो लोन (फाइनान्सिङ) का लागि समेत बैंक तथा वित्तीय संस्थामा माग बढेको बैंकहरुले बताएका छन् । बैंकहरुले अवलोकनकर्ता ग्राहकहरूको रुचि पेट्रोलियम गाडीमा भन्दा बढी ईभी (विद्युतीय) गाडीमा देखिएकाले अटो लोन पनि विद्युतीय सवारी साधनका लागि बढी आइरहेको छ । नाडा अटो शो भदौ ३१ गतेसम्म जारी रहनेछ ।
तस्बिरहरु:
        
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *