‘सिट्रोनको फेस्टिभ स्किम २०८०’ मा सिट्रोनका गाडीहरू बुकिङ गर्दा २५ लाख उपहार

काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ ।

नाडा अटो शोमा सिट्रोनका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूको लागि २५ लाख रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

भृकृटीमन्डपमा हिजोदेखि सुरु भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सी ३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बिमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।

कम्पनीका अनुसार सिट्रोनको विद्युतीय गाडी इ सी३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बिमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी अफरहरूको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन्।

नाडा अटो शो शनिवारसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *