बाथ भइसकेको जोर्नीमा योगाभ्यास गर्दा जोर्नी ड्यामेज गर्छ भन्नु गलत हो : स्पाइन सर्जन डा.विनोद बिजुक्छे

काठमाडौँ । चिकित्सकहरूले बाथ रोगलाई निराकरण गर्न फिजियोथेरापीको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
शुक्रवार विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भएको कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक समेत रहेका स्पाइन सर्जन डा।विनोद बिजुक्छेले कुनैपनि जोर्नीको दुखाई कम गर्न फिजियोथेरापिस्टको भूमिका अग्रणी रहने बताएका हुन् ।
बाथको उपचार शारीरिक अभ्यासबाट सम्भव हुने भन्दै बाथ रोग छिटो पत्ता लागे उपचार सम्भव हुने बताए । उनले लामो सास फेरेर छाती फुलाउँदा सामान्यतया ५ सेन्टिमिटर जति छाती फुल्ने भन्दै छाती फुल्ने क्रम २ सेन्टिमिटरभन्दा कम भए बाथको सुरुको लक्षण भएको हुनसक्ने बताए । कुनैपनि व्यक्तिलाई कम्मरको दुखाई, विभिन्न किसिमको जोर्नीहरूको दुखाईको समस्या देखिए उपचार प्रक्रिया थाल्नुपर्ने बताए ।
उनले योगाभ्यास नियमित गरिए धेरै किसिमको दुखाईबाट छुटकारा पाउन सकिने बताए । हातको सानो जोर्नीहरूबाट दुखाई सुरु हुनु आर्थराईटिसको लक्षण रहेको बताए । बाथ छिटो पत्ता लगाउन सकिए हातको जोर्नी बाङ्गो हुने समस्याबाट बचाउन सकिने बताए । बाथ रोग पत्ता लगाउन रगत परीक्षण गर्नुपर्ने बताए ।
कतिपयमा एङ्केलोजिङ स्पोन्डीलाईटीस अर्थात् मेरुदण्डमा असर गर्ने बाथ पनि देखापर्ने भन्दै यो बाथ धेरैजसो २० देखि ४० वर्षको उमेर समूहमा देखापर्ने बताए । यो किसिमको बाथले धेरै जसोको कुर्कुच्चा र कम्मरको भाग दुख्ने उनले बताए ।
डा।बिजुक्छेले भने ‘जोर्नीहरूको दुखाईलाई आर्थराईटीस भनेर भन्छौँ । विभिन्न किसिमको आर्थराईटीसहरु छन् । कुनैपनि जोर्नीको दुखाई भयो भने त्यसलाई आर्थराईटीस भन्ने हो । यो भयो भने काम गर्न गाह्रो बनाउँछ । दुखाईले गर्दा दैनिक क्रियाकलापहरू र क्वालिटी अफ लाईफलाई नै रिड्युस गर्छ त्यो आर्थराईटिसलाई रुमर ट्वाईट आर्थराईटिस भन्छौँ । अर्को मेरुदण्डमा हुने आर्थोराइटिस छ, त्यसलाई एङ्केलोजिङ्स स्पोन्डीलाईटीस भनेर भन्छौँ । आर्थराईटिसहरु कसरी थाह हुन्छ भन्दा हातको सानो जोर्नीहरूबाट दुखाई सुरु हुन्छ । हातको सानो सानो जोर्नीहरू सुन्निएको हुन्छ र, बिहान उठ्दा खेरी हात कक्रक्कोपना हुन्छ । र, कक्रक्कोपना एक घण्टा भन्दा लामो समयसम्म बसेको छ भने त्यो सिग्निफिकेन्ट हो । हातको ठूलो ठूलो जोर्नीहरू सुन्निएको छ, दुखेको छ भने त्यसमापनि रुमरटोइज आर्थोराईटीस हो की भनेर शङ्का गर्छौँ । त्यस्तो अवस्थामा रगतको परीक्षण गर्छौँ । र, बाथ हो की होइन पत्ता लगाउन सक्छौँ ।’
बालबालिकाहरूमा पनि बाथको समस्या आउने गरेको भन्दै बाथलाई जुमनाईल रुमोट्रोइड आर्थराईटीस भनिने बताए । उनले बालबालिकाहरूमा घुँडा सुनिने, कुहिना, नारी सुनिने जस्ता लक्षण देखिने बताए ।
उनले भने ‘बाथ हो भनेर पत्ता लगाइसकेपछि बाथसँग सम्बन्धित विशेषज्ञहरूसँग सम्पर्क गर्नुपर्यो । र, छिटो बाथ हो भन्ने पत्ता लाग्यो भने उपचार सम्भव छ । र, पछि हातको जोर्नी बाङ्गो हुने समस्याबाट बचाउन सकिन्छ । एङ्केलोजिङ स्पोन्डिलाईटीस भनेको मेरुदण्डमा असर गर्ने बाथ हो । यो बाथ धेरैजसो २० देखि ४० वर्षको उमेर समूहमा देखापर्छ । यो किसिमको बाथले धेरै जसोको कुर्कुच्चा र कम्मरको भाग दुख्छ । र, बिस्तारै मेरुदण्डको मोबिलिटी पनि कम हुँदै जान्छ । यो बाथ पनि समयमै पत्ता लगाउन सकिन्छ ।’
उनले समयमै उपचार गरेमा बाथ रोग भए, नभएको सजिलै पत्ता लगाउन सकिने बताए ।
उनले थपे ‘ यस्तै, अर्को कुरा छातीको एक्सपान्सन भनेर भन्छौँ । हामीले लामो सास फेरेर छाती फुलाउँदाखेरी सामान्यतया ५ सेन्टिमिटर जति छाती फुल्छ । यदि त्यो छाती फुल्ने क्रम २ सेन्टिमिटरभन्दा कम भएको छ भने त्यो बाथको सुरुको लक्षण भएको हुनसक्छ । त्यो सँगसँगै कम्मरको दुखाई हुने, विभिन्न किसिमको जोर्नीहरूको दुखाई हुने समस्या छ भने रगत परीक्षण गर्छौँ । यसमा अतिरिक्त एउटा परीक्षण एच।एल।ए।बी।२७ भन्ने टेस्ट पनि गर्छौँ । बच्चालाई हुने बाथ जसलाई जुमनाईल रुमोट्रोइड आर्थराईटीस भनेर भन्छौँ । जुमनाईल रुमोट्रोइड आर्थराईटिस भनेको चाहिँ १६ वर्ष भन्दा कम उमेर समूहका मानिसलाई हुने बाथ हो । बच्चाहरूले पनि जोर्नीको दुखाईको कम्प्लेन गर्छ । विशेष गरेर घुँडा सुन्निने, कुहिना, नारी सुन्निने त्यस्तो किसिमको प्रिजेन्टेसन लिएर आउँछन् । त्यसमा चोटपटक नलागीकन त्यस्तो किसिमको दुखाइहरू कम्प्लेन गरिरहेको छ भने बच्चामा हुने बाथ भयो की भनेर सल्लाह गर्छौ । बाथको उपचार मेडिसिनबाट गर्ने हो । मेडिसिन महगों छैन । मुख्यतः फिजियोथेरीपी एक्सरसाईज एकदमै जरुरी छ ।’
उनले बाथ रोग उपचारमा फिजियोथेरीपी एक्सरसाईज एकदमै महत्वपूर्ण रहेको बताए । भने ‘फिजियोथेरीपी एक्सरसाईज गरेर र साधारण मेडिसिन खाएर नियन्त्रण गर्न सकिन्छ । निको हुने भन्दापनि बढ्न नदिने भनेर भन्छौँ । त्यसलाई कन्ट्रोल गरेर राख्ने, जसले गर्दा जोर्नीमा भित्र कार्टीलेज भनेर हुन्छ, जोर्नीको कुर्कुरे हड्डी, जसले जोर्नीको मुभमेन्टहरुलाई हेल्प गर्छ । त्यो ड्यामेज हुनबाट बचाउन सकियो भने जोर्नी बिग्रेको हुँदैन । कुनैपनि जोर्नीको दुखाई छ भने फिजियोथेरापीस्टको भूमिका अग्रणी छ । एक्सरसाईज नियमित गरियो भने धेरै किसिमको दुखाईबाट छुटकारा पाउन सकिन्छ । ’
फिजियोथेरापीस्ट डा।प्रतीक पोख्रेलले बाथ भइसकेको जोर्नीमा योगाभ्यास गर्दा जोर्नी ड्यामेज गर्छ भन्ने गलत धारणा हटाउनुपर्ने बताए । उनले बाथ रोगीहरूका लागि योगाभ्यासको भूमिका अग्रणी रहने भन्दै योगाभ्यासपछि थकाई लाग्नु सामान्य रहेको बताए । उनले फिजियोथेरापिस्टको निगरानीमा योगाभ्यास गर्नुपर्ने बताए । उनले उपयुक्त तरिकाले शारीरिक अभ्यास गरिए शरीर स्वस्थ र फुर्तिलो हुने बताए ।
उनले भने ‘एक्सरसाईज गर्नाले दुखाई हुने भन्ने धारणा छ । एक्सरसाइज नगर्दाखेरि जति जोर्नीहरू नचलाईकन राखिन्छ र, झन् दुखाई हुन्छ । बाथ भइसकेको जोर्नीमा एक्सरसाईज गर्दा जोर्नी ड्यामेज गर्छ भन्ने गलत धारणा हटाउनुपर्छ । उपयुक्त तरिकाले एक्सरसाईज गरियो भने ज्वाइन्टलाइ झन् राम्रो बनाउने काम गर्छ । एक्सरसाईज गरेपछि थकित हुनु सामान्य कुरा हो । त्यसको लागि पनि फिजियोथेरापी महत्वपूर्ण छ । बाथ हुँदा कहिले काहीँ दुख्ने, बढी सुनिने, तातो हुने हुन्छ । फिजियोथेरापिष्टको निगरानीमा नबसेर एक्सरसाईज गर्दाखेरी सुझाव बिना एक्सरसाईज गर्दा कहिलेकाहीँ त्यस्तो हुनसक्छ । बाथ रोगका लागि शारीरिक अभ्यास एकदमै इम्पोर्टेन्ट छ ।’
अस्तव्यस्त जीवनशैलीका कारण ढाड तथा गर्दनको दुखाई पीडा बन्दै गएको छ । त्यसका लागि फिजियोथेरापिस्टको भूमिका अग्रणी रहने गर्छ ।









