राष्ट्रपति पौडेलले गरे स्वीट्जरल्याण्डका लागि सुवेदीलाई राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई स्वीट्जरल्याण्डका राजदूत तथा सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेका हुन् ।

गत असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई स्वीजरल्याण्डका लागि सहित ६ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *