नेपालले गुमायो पहिलो विकेट, ३८ रन बनाएर कुशल भुर्तेल आउट

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपालले पहिलो विकेट गुमाएको छ ।

१०औं ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेल ३८ रनमा शार्दुल ठाकुरको बलमा आउट भएका हुन् ।  कुशल २५ बलमा ३ चौका र २ छक्का हान्दै आउट भए ।

अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् ।

अर्का ओपनर आशिफ शेख २३ रनमा नटआउट छन् । क्रिजमा भिम सार्की आएका छन् ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *