एसिया कप : टोलीमा एक परिवर्तन, आरिफ शेखको स्थानमा भीम सार्की खेल्दै

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ ।

श्रीलंकाको पल्लेकेले रंगशालामा भारतले टस जितेर बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दैछ ।

अहिले सम्म नेपालले ७ ओभरको खेल हुँदा सम्म ३४ रन बनाउन सफल भएको छ ।

आजको खेलमा नेपाली टोलीले एक खेलाडी परिवर्तन गरेको छ । पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन् ।

समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रँदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ ।

नेपालले विश्व क्रिकेटको ठुलो टिम भारतसँग पहिलो पटक भिड्न लागेको हो ।

दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुपर फोरमा पुग्ने लक्ष्यमा हुनेछन् ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *