अभिनेत्री निता ढुंगानालाई पितृ शोक

काठमाडौं । अभिनेत्री निता ढुंगानालाई पितृ शोक परेको छ । उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो ।

निताले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् बुबाको निधन भएको जानकारी गराएकी थिइन् । उनका पिताप्रति फिल्मकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बाल्यकालमै आमाको काख गुमाएकी निता बुबासँग अत्यन्त नजिक थिइन् ।

निताले बुबालाई आफ्नो भगवान् भन्दै श्रद्धाञ्जलि दिएकी छन् । ‘हार्दिक श्रद्धाञ्जलि मेरो भगवान मेरो बुबाको बैकुण्ठवास होस् ।’ निताले सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *