आफैँ लथालिङ्ग सरकारी कार्यालय (फोटो कथा)

काठमाडौँ । जनतालाई सहज र सरल रूपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो । जनताबाट उठाएको करले नै सरकार चल्छ । त्यसैले जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ नै । अशक्त र अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आस गर्ने ?

यस्तो अव्यवस्थित, फोहोर सरकारी कार्यालयहरू भइदिँदा दिनप्रतिदिन आम नागरिकहरूले सरकारी सेवा लिनबाट वञ्चित हुनुपरेको छ । सरकारी कार्यालय भनेपछि यसै त कुनैपनि काम गर्नको लागि दिनभरको माया मारेर जानुपर्छ, त्यसमाथि व्यवस्थित र सफा भएन भने सेवाग्राही जनताको अवस्था कस्तो होला ? यो आम मानिसको प्रश्न हो ? यस्तो समस्या बाहिरको त कुरै नगरौँ, देशको संघीय राजधानी काठमाडौँकै सरकारी कार्यालयहरूको हरिबिजोग छ ।

त्रिपुरेश्वरस्थित पशु सेवा व्यवसायी परिषद्को भवनमा वर्षेभेल पसेपछिको अवस्था हेर्नुहोस् वा रेडियो नेपाल परिसरमा झारपातले ढाकेपछिको अवस्था हेर्नुहोस् । सरकारले सरसफाइ र व्यवस्थापनको लागि कर्मचारी पनि राखेको हुन्छ । तर उनीहरूले काम गरे/नगरेको निरीक्षण गर्नेहरू आफ्नै धुनमा मस्त हुन्छन् । त्यसैले नै सरकारी कार्यालय वरपर फोहोरको थुप्रो देखिएको छ । भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था नियाल्नुस् त, तपाई आफैँ छक्क पर्नुहुनेछ । गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएको देख्न सकिन्छ भने लोक बाजा संग्रालयको अवस्था फोटोमा हेर्नुहोस् । सरकार र सरकारी निकाय भएका संरचनाको संरक्षण होइन, लापरबाहीमै रमाएका छन् ।

सिंहदरबार अगाडि राखिएको तोपको कुनै महत्त्व नै छैन । लाग्छ सरकारबाटै सरकारी सम्पत्ति तिरस्कृत छन् । घाँस उम्रिएर छेक्दासमेत कसैले त्यसमाथि ध्यान दिन आवश्यक ठानेका छैनन् । यस्तै संस्कृति, सम्पदा देखाएर विदेशी मुलुकहरू आर्थिकोपार्जन गरिरहेका छन् तर नेपाल आधुनिकताका नाममा भएका सांस्कृतिक सम्पदा, ऐतिहासिक महत्त्व बोकेका धरोहरका विषयवस्तुहरूको लापरबाही गरेर बस्छ ।

राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहोर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड, यातायात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड जताततै सरकारी सम्पत्तिहरूको दुरुपयोग र हेलचेक्र्याइँ छ । सरकारी सम्पत्तिमाथि नेतृत्वको हेलचेक्र्याइँ र दुरुपयोग सम्बन्धी यी तस्बिर :-

त्रिपुरेश्वरस्थित पशु सेवा व्यावसायी परिषदको भवनमा बर्षेभेल पसेपछि ।
भन्सार विभागमा विग्रेको डिजिटल सूचना बोर्ड ।
गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएपछि ।
काठमाडौं उपत्यका खानेपानी कार्यालयको भत्केको गार्ड घर ।
ललितपुर महानगरको बगैचामा फ्याकिएको फर्निचर ।
लोक बाजा संग्रालय ।
सिंहदरवार प्लाजास्थित राष्ट्रिय विमा संस्थान परिसरमा फ्याकिएको सरकारी कागजात ।
सहकारी विकाश बोर्डको साइन बोर्ड ।
सिंहदरवार अगाडि राखिएको तोप घाँसपातले ढोकपछि ।
राष्ट्रिय सूचना आयोग परिसरमा फ्याकिएको फोहोर ।
आन्तरिक राजस्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड ।
थापाथलीस्थित सम्पदा क्षेत्रमा पुर्ननिर्माणका क्रममा बनाइएका झिगटी ।
यातयात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र ।
रेडियो नेपाल परिसरमा झारपातले ढोकपछि ।
पुल्चोकस्थित श्री महलपरिसरमा फ्याकिएका पुराना मोटरसाइकल ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *