चलचित्र ‘एक भागवत गीता’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म, संस्कृतिमाथि थोरै भएपनि चोट पुग्ने डरले भागवत गीताको ठाउँमा एक भागवत गीता नाम राखिएको बताए ।

भागवत गीता भन्दा कतिपयले भागवत गीता नै सम्झिने भएकाले एक भागवत गीता भनिसकेपछि भागवत गीता जस्तै अर्को कथाका रूपमा चलचित्र बनाइएको बताए । उनले भाषामा र लोकेसनमा चलचित्रलाई बाँध्ने काम भएको बताए । फिल्म सम्पूर्ण नेपालभरका लागि बनाएकाले सबैले बुझ्ने किसिमले फिल्म बनाएको बताए ।

त्यस्तै अभिनेत्री सुहाना थापाले भागवत गीता सबैलाई एक ठाउँमा ल्याउने चलचित्र भएको बताइन् । त्यस्तै अभिनेत्री एवं निर्देशक झरना थापाले कमला माई पात्रमा आधारित रहेर चलचित्र निर्माण गर्ने बताइन् ।

आगामी भाद्र २९ गतेबाट प्रदर्शन आउने सिनेमा एक भागवत गीतामा अल्पसंख्यक लैङ्गिक समुदाय र मधेसको कथावस्तुमा निर्माण भएको सिनेमाले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कबिर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् ।

अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबिर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *