नेपाल—चीन जोड्ने तातोपानी नाकाबाट मानिस आवतजावत सुरु

काठमाडाैँ । नेपाल–चीनको उत्तरी सीमानामा रहेको तातोपानी नाकामा मानव आवतजावत सुचारु भएको छ ।

महाभूकम्प २०७२ पछि पहिलो पटक शुक्रवारबाट नाका मानिस आवनजावतका लागि सुचारु भएको हो । आज बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका १ सय २८ पास जारि भएको छ भने कतिपय नेपाली नागरिक चिनियाँ भगको पुल बजारसम्म पुगेका हुन् ।

चीन प्रवेश गरेको केही नेपालीहरुले भने फर्कंदा आवश्यक पर्ने घरायसी सामन लिएर आएका छन् । शुक्रवार चीनतर्फ जान १ सय २८ जनाको पास जारी भएको अध्यगन कार्यालयले जनाएको छ । त्यस्तै पासपोर्ट प्रयोग गरेर नेपाल तर्फ दुई जना आएका छन् भने नेपालबाट तीन जना चीन गएका हुन् ।

तिब्बतस्थित नेपाली महावाणिज्य दुतावास र चिनियाँ अधिकारीहरुबीच मंगलवार भएको सहमतिपछि आजबाट नाका खुला भएको छ । पास प्राप्त गरेका नेपालीहरु शुक्रवारदेखि चीनतर्फ जान थालेका छन् । तातोपानीको पारीपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यगमन कार्यालयले पास वितरण गरेको थियो । अध्यगमनले जारी गरेको एक वर्षे अवधिको पास पाएकाहरुले चीन जान अनुमति पाएका हुन् । दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोना भइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो । सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटासहितको टोली तातोपानी नाकाबाट चीन प्रवेश गरेसँगै नाका सुचारु भएको छ । सो नाका २०७२ सालपछि बन्द रहेको थियो । बीच–बीचमा कहिलेकाहीँ खुलेपनि पूर्ण रुपमा सञ्चालनमा भने आउन सकेको थिएन । शुक्रवार नाका सुचारु भएसँगै अब तातोपानी नाकाबाट आवतजावत हुने भएको छ । आजमात्रै नेपाल पक्षबाट १३० जना र चीनको पक्षबाट १०८ जनाले वारपार गरेको सांसद सापकोटाले जानकारी दिए । उनले अब आगामी दिनमा तातोपानी नाका बन्द नहुने बताउनु भयो । उहाँले सबैलाई संयमित र अनुशासित ढंगले चीन सरकारको नियम, कानूनलाई पालना गर्न सिमावासीलाई आग्रह समेत गरे । उनले कतिपय भौतिक संरचनाहरु निर्माण भइरहेको भन्दै यसलाई पूर्ण रुपमा पूर्ववत रुपमा सञ्चालन गर्न भने अझै एक वर्ष लाग्ने बताए ।

उनले भने, ‘तातोपानी नाका खुल्दैन भन्ने नै अविश्वास ज्यादा थियो । आजबाट हामी पारी गएर आइ नै सक्यौँ । आज झन्डै १३० जनाले वारपार गर्दै हुनुहुन्छ । उहाँहरुको बाट पनि १०८ जना वारी आउँदै हुनुहुन्छ । अब पहिलाको जस्तो खोल्ने, बन्द हुने हुँदैन । यो कुरा म स्पष्ट पार्न चाहान्छु । नेपालका सबै जनताहरुलाई र बोर्डर वरपरका बासिन्दाहरुलाई के अनुरोध गर्न चाहान्छु भने हामी संयमित भएर, अनुशासित भएर चिन सरकारको नियम, कानूनलाई राम्रोसँग पालना गरेर उहाँहरुलाई सकारात्मक सन्देश दिन जरुरी छ । राम्रो सन्देश दिनसक्यौँ भने उहाँहरुलाई पनि पारी गएर भेट्यौँ, कुरा ग¥यौँ । निकै उत्साहित र खुशी हुनुहुन्छ । यसरी हेर्दा पहिलाको जसरी खुल्ने बन्दहुन्छ जस्तो मलाई लाग्दैन । यो अब हामी पूर्ववत् रुपमा लान्छौँ । पारी पनि उहाँहरुको कतिपय तयारीहरु बाँकी छन् र त्यहाँ भवनहरु पुनर्निर्माण, जिर्णोद्धार गर्दै हुनुहुन्छ । मलाई के विश्वास छ भने हामीले संयमित र अनुशासित भएर चिन सरकारका नियम र कानूनहरुलाई परिपालना ग¥यौँ भने यसलाई एक वर्ष भित्रमा पुर्ववत् रुपमा सञ्चालन गर्न सकिन्छ । म त्यो दिशामा सकारात्मक र उत्साहित भएर भुमिका खेल्नेछु ।’

तातोपानी नाका सुचारु भएसँगै सो क्षेत्रका सर्वसाधारण र व्यापारि, व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् । आगामी दिनमा पुनः बन्द नहुने वातावरण मिलाउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नाका खुलेसगै सीमा क्षेत्रका स्थानीय र व्यावसायीमा खुशी छाएको छ । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै नेपाल सरकारले नाका खोल्न कुटनैतिक पहल गर्दै आएको हो । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *