भोलिबाट ‘जनतासँग माओवादी’ : २५ लाख मतदाता भेट्ने, ८ लाख सदस्यता पुर्‍याउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिबारबाट ‘जनतासँग माओवादी’ अभियान देशव्यापी रुपमा सुरु गर्ने भएको छ । पत्रकार सम्मेलन गरेर पार्टीले शुक्रबार यस्तो जानकारी दिएको हो । अभियानका क्रममा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने लक्ष्य राखिएको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त अभियानमार्फत सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी दिने बताएका छन् ।

उक्त अभियानमार्फत माओवादीले पार्टीको सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य राखेको छ । अभियानका क्रममा नेताहहरु जनताको घरघरमा जाने बताइएको छ । अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने कार्यक्रम छ ।

यस्ताे छ कार्यक्रम

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *