राप्रपाको भवन तत्काल नभत्काउन महानगरलाई उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको भवन तत्काल नभत्काउन आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलाशले बिहीबार आदेश जारी गर्दै महानगरको भवन तत्काल नत्काउन आदेश दिएको हो ।

गत साउनको १५ गते राप्रपा कार्यालय भवन भत्काउन महानगरले डोजरसहितको टोली खटाएको थियो । तर, राप्रपाका कार्याकर्ताको तीव्र विरोधपछि महानगरले उक्त भवन भत्काएको थिएन ।

कानुनी प्रक्रिया पूरा नगरी घर भत्काउँदा त्यसले क्षति पुग्ने भन्दै अदालतले उक्त भवन नभत्काउन आदेश दिएको हो ।

उच्च अदालतको आदेशमा भनिएको– ‘निवेदन दाबीमा उल्लेखित कि.नं. ७०७ को जग्गा र सो जग्गामा निर्मित घर समेत निवेदिकाको हकको भई हाल राप्रपा कार्यालय रहेको भन्ने देखिएको हुँदा उक्त घरजग्गा निवेदिकाको सहमति तथा कानूनको प्रक्रियाबिना भत्काउँदा निवेदिकाको साम्पत्तिक हकमा असर परी अपूर्णिय क्षति पुग्ने देखिंदा अन्तरिम छलफलको मितिसम्म उक्त जग्गा र जग्गामा निर्मित घरलाई असर पर्ने गरी कुनै पनि कार्यवाही नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरी दिएको छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *