प्रधानमन्त्रीले जानकारी गराए राष्ट्रिय गौरवका आयोजनाको अवस्था

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बताएका हुन् । उनले दुई वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका भइसकेका, १४ वटाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र दुई वटाको प्रगति ५० प्रतिशत रहेको जानकारी गराए । उनले हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको बताए । पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भइ समष्टिगत वित्तीय प्रगति ६५.७३ रहेको उहाँको भनाई छ । त्यस्तै लुम्बिनी बिकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालका अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक चरणको कार्यहरु मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी भएपश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाइनेछ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ३५ करोड रुपैयाँ विनियोजन भएको उनले बताए । मेलम्चि खानेपानी आयोजनामा मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गरी मेलम्चिको पानी वितरणलाई सुचारु गरिने जानकारी उनले गराए ।

उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गरिनुका साथै नियमित अनुगमन पनि भइरहेको छ । म स्वयंले प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट नियमित तवरमा कार्यतालिका बनाएर कार्यप्रगतिको जानकारी लिई कार्यसम्पादनका लागि आवश्यक निर्देशन दिँदै आएको छु । राष्ट्रिय गौरवका आयोजनामध्ये दुईवटा सम्पन्न भएका, १४वटाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र दुई वटाको प्रगति ५० प्रतिशत रहेको स्थिति छ । हुलाकी राजमार्गको सम्बन्धमा चितवन र पर्सामा राष्ट्रिय निकुञ्ज क्षेत्रमा डिपिआर तयार लगायतका कार्यमा भएको ढिलाइका कारण यो आयोजनाको कार्य आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको छ । पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भइ समष्टिगत वित्तीय प्रगति ६५.७३ रहेको छ । लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक चरणको कार्यहरु मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी भएपश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाइनेछ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ३५ करोड विनियोजन भएको छ । मेलम्चि खानेपानी आयोजनामा श्रावण महिनामा आएको बाढीले पुन हेडवक्र्स पुर्नुका साथै मेलम्ची बजारदेखि हेडवक्र्ससम्मको पहुँचमार्गमा क्षति पुगेको छ । मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गरी मेलम्चिको पानी वितरणलाई सुचारु गरिने जानकारी गराउँछु ।’

उनले सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकारले जोड दिँदै आएको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *