संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छुः सभापति सुवेदी

कठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिकि नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी छन् ।

सोमवार समिति सभापतिमा निर्वाचित भएसँगै सभापति सुवेदीले समितिमा रहेको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी हुन् ।

उनले सबै समिति सदस्यहरुको साथ, सहयोगले विधेयक पारित हुने विश्वास व्यक्त गरिन् । उनले समितिले दिएका निर्देशनहरु सरकारलाई छिटो कार्यान्वयन गराउन लागि पर्ने पनि बताइन् ।

समितिको निर्देशनहरुलाई सरकारबाट कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने पनि उनले बताए ।

उनले भने – ‘हामी समितिको तर्फबाट पहल गर्छौ र निर्णयहरुलाई छिटोभन्दा छिटो कार्यान्वयन गराउनको निम्ति लागि पर्छौ । म आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्छु । अहिलेसम्म समितिले पूर्णता नपाइसकेको कारणले गर्दा पनि अलिकति ढिला भएको हो । अब समितिले पूर्णता पाइसकेपछि सरकारले समितिले गरेका निर्णयहरुको कार्यान्वयनका निम्ति गम्भिरतापूर्वक ध्यान दिनेछ भन्ने विश्वास मैले लिएको छु । र त्यसको कार्यान्वयन गराउनका लागि हाम्रो तर्फबाट एकदमै धेरै पहल गर्नेछौँ । विधेयकलाई पास गराउनको निम्ति समितिले छिटोभन्दा छिटो पास गराउनको निम्ति हामी पहल गर्छौ । मलाई विश्वास छ पास हुन्छ । समितिका सबैको साथ, सहयोगबाट यो पास हुन्छ भन्ने मलाई विश्वास छ ।’

सभापति सुवेदी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =