उद्योग वाणिज्य समिति सभापतिमा जनमत पार्टीका खान निर्विरोध निर्वाचित

काठमाडौँ । प्रतिनिधि सभा संसदको उद्योग वाणिज्य समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् । समितिको सोमबारको निर्वाचनमा खान निर्विरोध निर्वाचित भएका हुन् ।

रास्वपाका गणेश पराजुलीले सभापतिका लािग दिएको उम्मेद्वारी फिर्ता लिएपछि खान निर्विरोध निर्वाचित भएका हुन् । आइतबार संसदको १० वटा संसदीय समितिको सभापति चयनका लािग मनोनयन दर्ता गरिएको थियो ।

ती मध्ये ९ वटामा एकल उम्मेद्वारी परेको भए पनि उद्योग समितिमा २ जनाको उम्मेद्वारी परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *