नेपालमा स्टार्टअपका लागि बलियो जग बन्नेछ : मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवाहरूको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न नीति बनाई रहेको बताएका छन् ।
सोमवार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । मन्त्री रिजालले सरकारले नवप्रवर्तनकारी विचारहरूलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताए ।
उनले सरकारले स्टार्टअपका लागि उपयुक्त कानुन तथा नीतिगत सुधार गरी उपयुक्त वातावरण सिर्जना गर्न बताए । उनले नेपाललाई आगामी २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्री बीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए । मन्त्री रिजालले स्टार्टअपलाई प्रवर्द्धन गर्न परियोजनामा आधारित कर्जा,अनुदान र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई सहयोग गर्ने कोष स्थापना गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याउने बताए । उनले मन्त्रालयले व्यवसाय संवर्द्धन केन्द्र कार्यविधि तयार गरी सरोकारवाला निकायहरूसँग राय सुझावको लागि पठाएको बताए ।
उनले भने ‘नेपाललाई आगामी २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्री बीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा राखेको छु । सरकारले स्टार्टअपका लागि उपयुक्त वातावरण सिर्जना गरी नवप्रवर्तनकारी विचारहरूलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको छ । देशमा स्टार्टअपका लागि अनकुल इकोसिस्टम सिर्जना गर्ने विभिन्न कानुनी तथा नीतिगत सुधारहरू गरिरहेको छ । स्टार्टअपलाई प्रवर्द्धन गर्न परियोजनामा आधारित कर्जा र अनुदान उपलब्ध गराउने युवा उद्यमी र वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई सहयोग गर्ने कोष स्थापना गर्ने र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने जस्ता कार्य कार्यान्वयन गराउन लागेको छ । वाणिज्य मन्त्रालयले व्यवसाय संवर्द्धन केन्द्र कार्यविधि तयार गरी सरोकारवाला निकायहरूसँग रायसुझावको लागि पठाएको छ । स्टार्टअप उद्यमको लागि स्टार्टअप नीति तयारी गरी विभिन्न छलफल गरी रहेको छ । सरकारको वार्षिक कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यले नेपालमा स्टार्टअपका लागि बलियो जग बन्नेछ ।’
उनले स्टार्टअप उद्यमको लागि स्टार्टअप नीति तयारी गरी रहेको पनि बताए । मन्त्री रिजालले सरकारको वार्षिक कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यले नेपालमा स्टार्टअपका लागि बलियो जग बन्ने अपेक्षा रहेको उल्लेख गरे ।








