ब्रिटिस गोरखा नेपालीलाई नागरिकताबाट वञ्चित नगराउन माग

काठमाडौँ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत–नेपालले ब्रिटिस गोर्खालीहरूलाई नेपाली नागरिकताबाट वञ्चित नगराउन सरकारसँग माग गरेको छ ।
आइतबार अभियानले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस गोर्खाहरूको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेको हो । अभियानका संयोजक सुनबहादुर तामाङले ब्रिटिस गोर्खालीहरूलाई नेपाली नागरिकताको निरन्तरता नपाए बेलायतमा बस्दै आएका गोर्खालीहरूको चल अचल सम्पती पूर्ण रूपमा पलायन हुने बताए । संयोजक तामाङले गोरखालीहरू अपराधी हो रु भन्दै गोर्खालीहरूको नागरिकता खोस्नु अन्यायपूर्ण हुने बताए । उनले ब्रिटिस गोरखालीका सन्तानहरूको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने भन्दै गोर्खाहरूले बेलायत बस्न पाउँ भनेर कहिल्यै माग नराखेको स्मरण गराए ।
संयोजक तामाङले भने ‘ब्रिटिस गोरखालीहरू हुन् । उनीहरू बेलायत बसिरहेको अवस्था छ । उनका शाखा सन्तानहरूको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ भन्ने माग राखेका छौँ । हामी र ब्रिटिस गोरखाका सन्ततिहरूको नेपालको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ । यो मागलाई हामीले नेपालको संविधान २०७२ को निर्माण देखिनै उठाउँदै आएका हौँ । आज आठ वर्ष भएको तर, खासै केही भएन । ब्रिटिस गोरखाहरूको पेन्सनमात्रै बर्वोनी २० देखि २२ अर्ब नेपालमा प्रवेश गर्छ । यदि गोरखालीहरूलाई विदेशी बनाउने हो भने यो २० देखि २२ अर्ब पैसा पलायन हुन्छ । हामीले वर्षौँदेखि नेपाली नागरिकताको निरन्तरता माग गरिरहेका छौँ । यो नेपालबाट गलत भएको छ । नेपाली नागरिकताको निरन्तरता नपाए ती गोर्खाहरूको चल अचल सम्पती पूर्ण रूपमा पलायन हुन्छ । यो हो भने नेपालको लागि ठूलो क्षति हुन्छ । र, दक्ष जनशक्तीपनि पलायन हुन्छ । गोरखालीहरूलाई नेपाली नागरिकता निरन्तरता पाउनुपर्छ । गोरखाहरूले बेलायत बस्न पाउ भनेर कहिल्यै पनि माग राखेन । बेलायत सुरक्षित र समृद्ध हुनुमा गोरखालीहरूको ठूलो भूमिका छ । यसको लागि गोर्खाहरूले ज्यान दिए सबै चिज दिए । गोरखालीहरू बेलायतमा बस्न पाउनुपर्छ, यो अङ्ग्रेजको मात्र देश होइन । गोरखालीहरूको पनि देश हो । ’
उनले दुई सय वर्षदेखि बेलायतमा गोरखालीहरू कार्यरत रहेको बताए ।








