सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी गरेका छैनौं : दीपकबहादुर सिंह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् ।

आइतबार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन अहिले विदेशमा रहेको र आएपछि मात्रै यसबारेमा छलफल हुने बताए । उनले अहिले भने सत्ता गठबन्धनसँग कुनैपनि सौदाबाजी नभएको दाबी गरे ।

उनले भने ‘राष्ट्रिय पार्टीलाई समेटेर समितिमा राखेको भए राम्रो म्यासेज जान्थ्यो । कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र यता समिति सभापति बन्ने भन्नेकुरा सरासर गलत हो । यो कुरा हाम्रो पार्टीका अध्यक्ष विदेशमा हुनुहुन्छ, उहाँ भोलिसम्म आउनुहुनेछ, उहाँ नआईकन कुनै पार्टीसँग कम्परमाइज गरेका छैनौँ । हामीले वचन दिएका छैनौँ । हामी भन्दा कम ल्याउने त सभापतिमा अटेको छ भने यी ठूला पार्टीले रविजीको पार्टीलाई पनि दिनु पर्दथ्यो । सौताको छोरो जस्तो छुट्याउनु हुँदैन थियो ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समिति सभापतिमा नसमेटेकोप्रति असन्तुष्टि जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *