एमाले र सत्तापक्ष राजनीतिक भागबण्डामा रमाए : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुकेको बताएका छन् ।

आईतवार संसदीय समितिअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिमा सभापतिको लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले आफ्नो पार्टीले सभापतिमा उम्मेदवारी दिनु लोकतन्त्रको अधिकतम उपयोग गरेको बताए । उनले प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समिति लिनुपर्नेमा अरु पनि समिति राजनीतिक भागबण्डामा लिइरहेको बताए ।

उनले भने– ‘हाम्रो पार्टीले लोकतन्त्रको अधिकतम उपयोग गर्दै निर्वाचनमा भाग लिने र उपस्थिति देखाउन आएका छौँ । राजनीतिमा सधैँ दुषित खेल मात्रै खेल्नु हुँदैन, निर्वाचन प्रक्रियामा भाग लिनुपर्छ भनेर नै हामी भाग लिएका हाँै । समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिने काममा सरकार चुकेको छ । प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समिति लिनुपर्नेमा अरु पनि समिति राजनीतिक भागबण्डामा लिइरहेको छ, यो लोकतन्त्रमा असल अभ्यास भएन ।’

सांसद पराजुलीले राजनीतिमा सधैँ दुषित खेल खेल्नु नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *