समाजवादी निकट अनेरास्ववियूको अध्यक्षमा लामा र महासचिवमा श्रेष्ठ चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व पाएको छ ।

काठमाडौंमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिएर महाधिवेशन आयोजक कमिटी बनाइएको हो । लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो । योसँगै सुदेश पराजुलीले विद्यार्थीको नेतृत्वबाट बिदा लिएका लिए ।

माले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो । एमाले अदालतबाट ब्युँतेपछि नै पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेकोमा सोही कमिटी नेकपा एसको अनेरास्ववियूमा परिणत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *