सीआईबीले नाम नदिएका सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध पनि मुद्दा दायर
२०८० भदौ १० गते

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नाम नदिएका राउतविरुद्द पनि मुद्दा दायर भएको हो ।
सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेपनि सरकारी वकिलको कार्यालयले ४ जना थपेर २९० जनालाई प्रतिवादी बनाएको छ । सरकारी वकिल कार्यालयले राउतविरुद्ध सरकारी किर्तेको कसुरमा उनीविरुद्ध मुद्दा लगाएको हो ।
यो पनि : २९० जनाविरुद्ध मुद्दा दर्ता, संगठित अपराधमा मुद्दा नचलाइने
२०८० भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








