संघीयता बचाउन केन्द्रिय सरकार प्रतिवद्ध छैन:विमलेन्द्र निधी

नेपाली काँग्रेसका पूर्वउपसभापती विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानून कार्यान्वयनमा केन्द्रिय सरकार प्रतिवद्ध नरहेको बताएका छन्।

जनकपुरधामको श्री महाविर युवा किमिटिको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका नेता निधीले शान्तिपुर्ण संवैधानिक लडाई लडनुपर्ने आवश्यकता रहेको बताए।

एक समय मधेस माने काँग्रेस र काँग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको उनको नभाई छ।

जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधीहरु हुनुपर्ने बताउँदै उनले महाविर युवा कमिटी जस्ता यहाँका युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजि गरी सम्मान गर्नुपर्ने बताए।

उनले भने, ‘केन्द्रिय सरकार संघियताको मर्म अनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघिय कानून अनुसारको अधिकारका लागि अग्रसर दैखिँदैन त्यसैले संघियता बचाउन आन्दोलनको आवयश्कता छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *