वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा गर्न माग गर्दै सुनसरीमा प्रदर्शन (भिडिओ)

सुनसरी । सुनसरीमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले प्रदर्शन गरेका छन् ।

शनिबार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तिपूर्ण ¥याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरु तरहराको पानीपियामा आन्दोलित भएका हुन् ।

शुक्रवार मध्य रातिदेखि धरानमा निषेधाज्ञा जारी गरिएको छ । हिन्दु धर्मावलम्वीहरुको प्रदर्शनलाई निषेधाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको ¥यालीमा हजारौँ सर्वसाधारण सहभागी छन् ।

धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रूपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो । हिन्दु धर्मावलम्वीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन् ।

एक धर्मावलम्वीहरुले अर्को धर्मावलम्वीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यति बेला आन्दोलन चर्किँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *