रौतहटमा एक महिलाको शव फेला

रौतहटमा एक अपरिचित महिलाको शव भेटिएको छ। जिल्लाको गढिमाई नगरपालिका १ सनमपुरमा आज शुक्रबार साँझ एक अपरिचित महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

शव स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए। लगभग ५०र५५ बर्षकी उमेर जस्तो देखिने महिलाको शवको परिचय नखुलेको बताइएको छ।

अहिले उक्त शवलाई कानूनी प्रक्रिया पुर्याई पोस्टमार्टमका लागि जिल्लाको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा लगिएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *