हर्कलाई अदालतले भन्यो– व्यक्तिको जग्गामा पसेर आतंक नगर्नू
२०८० भदौ ८ गते

काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिका जग्गामा प्रवेश नगर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।
धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती अदालत गएका थिए ।
गएको सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद भएको थियो । अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडिओ सार्वजनिक भएको थियो । उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिएका थिए ।
दम्पतीलाई पक्रन मेयरले प्रहरीलाई दबाब दिएका थिए ।
२०८० भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








