वरिष्ठ सईको हत्या आरोपमा आमा–छोरा जेल चलान

प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्याको आरोपमा पक्राउ परेका आमाछोरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका ६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

गत साउन ८ गते राति ११ बजे कुँवर आमा छोराले मिलेर भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेलको हत्या गरेको भन्दै मुद्दा दर्ता भएको थियो । खाजा खान होटलमा गएका पौडेल होटलमै मृत फेला परेका थिए ।

हत्या आरोपमा आमाछोरालाई गत साउन ९ गते पक्राउ गरेको थियो। उनीहरुलाई सजाय कति हुने वा सफाइ पाउने भन्ने फैसलामा टुंगो लाग्ने छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =