धार्मिक, जातिय द्वन्द्व भयो भने जनयुद्धको भन्दा धेरै मान्छे मर्नेछन्ः सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशमा धार्मिक तथा जातिय द्वन्द्व हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले देशभित्र राष्ट्रिय जनावर गाईलाई काटेर भोज भतेर गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले सो घटना बाहिरि प्रभावबाट भएको हो कि भन्ने आशंका व्यक्त गरे । उनले यसप्रति सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै यही निउँमा धार्मिक र जातिय द्वन्द्व हुनसक्नेतर्फ सचेत गराए ।

उनले देशमा धार्मिक तथा जातिय द्वन्द्व भएमा जनयुद्धमा भन्दा धेरै मान्छे काटिने उल्लेख गर्दै त्यस्तो हुन दिनु नहुने बताए ।
उनले भने – ‘हाम्रो राष्ट्रिय जनावरलाई खुलेआम काटेर भोज, भतेर गरिकन मिडियामा देखाउन गइराखेका छन् । के यो कुनै तत्वले वा बाहिरि प्रभावबाट त हुन गइराखेको छैन ? हाम्रो सरकारले यसप्रति के हेरिराख्नु भएको छ ? एक शब्द बोल्न सकिराखेका छैनन् । यदि यही निउँमा धार्मिक द्वन्द वा जातिय द्वन्द्व भयो भनेदेखि के हुने होला ? हामी माननीयहरुले पनि कहिल्यै सोचेका छौँ ? सरकारले संविधान अनुसार कानून लागू गर्नुस् । यदी कथं कदाचित यो द्वन्द्व नेपालमा भयो भने के हुन्छ ? कहिले हाम्रो सरकारले हामीले सोचेको छौँ ? नसोचेको नरसंहार यो देशमा हुन्छ । यसलाई रोक्नुपर्ने हाम्रो धर्म पनि हो । दायित्व पनि हो । यत्रो उपद्रो गर्नेलाई नेपाल सरकारको नियम अनुसारको कारबाही होस् भन्ने माग म राख्न चाहन्छु । धार्मिक, जातिय द्वन्द्व यो देशमा भयो भने जनयुद्धको भन्दा धेरै मान्छे काटिनेछन् । त्यो हुन नदिनको लागि हामी माननीयहरुले पनि बेलैमा सचेत भइकन सबैले आ–आफ्नो क्षेत्रबाट सचेत गराउनका लागि म अनुरोध गर्न चाहन्छु ।’

उनले गाई काट्नेहरुलाई कानूनी कारबाही गर्न माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =