नागरिक उड्डयन प्राधिकरणविरुद्ध बालेनकाे रिट खारेज, स्पष्टीकरण पेश गर्नुपर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दायर गरेको रिट खारेज भएको छ।
७ दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै प्राधिकरणले १ असारमा चिठी काटेपछि कारवाही बदरको माग गर्दै मेयर शाहले प्राधिकरणविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए।
अदालतले अन्तरिम आदेशबारे थप छलफलका लागि १२ असारमा बोलाएको थियो।बुधबार अदालतले बालेन शाहको रिट खारेज गरेको हो।
रिट खारेजीसँगै मेयर बालेनले प्राधिकरणलाई ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुपर्ने भएको छ।
प्राधिकरणका अनुसार स्पष्टीकरण नदिएमा नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ ९१० बमोजिम ५० हजार रुपैयाँ जरिवाना हुन सक्नेछ।
गत ३२ जेठमा काठमाडौं महानगरका नगर प्रहरीले सिनामंगल ओरालो स्थित कार्गो बिल्डिङ नजिकै लगाइएको फेन्सिङ तारबार काटेका थिए ।
महानगरले नियमविरीत भत्काएको भन्दै प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो ।
प्राधिकरणले महानगरपालिकाका मेयर शाहसहित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र काठमाडौं महानगरपालिका वडा नं ९ का अध्यक्ष रामजी भण्डारीलाई ७ दिन भित्र स्पष्टीकरण दिन भनेको थियो । तर, मेयर शाह स्पष्टीकरण नदिई प्राधिकरण विरुद्ध अदालत गएका थिए।








