ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई हिरासतमा नराखे आन्दोलन हुन्छ : ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई हिरासतमा राखेर अनुसन्धान नगरे सडक आन्दोलनमा जाने बताएका छन् ।

निर्दोष जनतालाई जेलमा कोच्ने तर पूर्वप्रधानमन्त्रीहरुलाई भने हिरासत जानै नपर्ने दुई खालको कानुन लागू गरिए आफूहरुलाई सैह्य नहुने उहाँको चेतावनी थियो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईप्रति लक्षित गर्दै उहाँहरुलाई किन हिरासतमा राखेर अनुसन्धान नगरेको ? भनी सरकारलाई प्रश्न गरे ।

उनले भने, ‘बिडम्बनाका साथ भन्नुपर्छः यो निर्णय गर्ने मुख्य ठालु, मालिकहरु चाहीँ उनको घरमा प्रहरी गएछ । ढोकामा हानेछ । एक्स्क्युज मि, भित्र आउन पाउँ भनेछ मुसो जसरी । अनि भित्र गएर चाँही म्यास बिराला जस्तो गरर फर्केछ । अब प्रधानमन्त्रीजीले भनिदिनु प¥यो–गृहमन्त्रीजीले भनिदिनु प¥यो सम्माननीय सभामुखमार्फत भन्न चाहन्छु– यो देशमा कानून दुई वटा बनाउनुस् । ठूूल्ठूला नेतालाई कानुननै नलाग्ने । उनीहरु प्रहरीको हिरासतमा जाँदै नजाने । जनतालाई चाहीँ तपाईको गल्ती नगरेपनि कान समाएर जेलमा हाल्ने यो कानुन तपाईले लेख्नुभयो भने सैह्य हुन्छ ? अब संसदमा होइन, सडकमा आन्दोलन हुन्छ । पूर्व प्रधानमन्त्रीलाई, ठालुहरुलाई पक्राउ गरेर हिरासतमा राखेर किन अनुसन्धान नगरेको ? यसको जवाफ दिनुपर्छ । आज यसरी देशलाई दुई वटा कानूनमा पार्न पाइँदैन । ’

प्रमुख सचेतक शाहीले गाई काट्ने काम खुलेआम हुने गरेको भन्दै उनीहरुमाथि पशुपंक्षी कसुरसम्बन्धि ऐनको आधारमा कारवाही गर्न पनि सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *