शीर्ष नेताले संविधानविरोधी निर्णय गर्दा मुलुक दुर्घटनामा पुग्यो : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलका शीर्ष नेताहरु बालुवाटारमा बसेर संविधान विरोधी निर्णय गर्ने गरेकाले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् ।

संविधानले एउटा अधिकार दिएको छ तर नेताहरु एकठाउँमा बस्नुहुन्छ र आफू अनुकुलका निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्याउन खोजेको ? कोइरालाले प्रश्न गरे ।

कोशी प्रदेश सरकारको बिश्वासको मतबारेको प्रशङ्गमा कोइरालाले भने– ‘अदालतले जे नगर्नु भन्यो शीर्षनेताहरु बसेर फेरि त्यही गर्नुभयो । संविधान र अदालतमाथिको यस्तो बल मिच्याईं कहिले सम्म ।’

मोरङको सुन्दरहरैंचामा आयोजित दुलारी सरोकार मञ्चको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइराला राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सद्भावसमेत बिथोलिएको बताए ।

कार्यक्रममा २०१५ सालदेखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तिनका परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *