एमाले र राप्रपाको अवरोधले कोशी प्रदेश सभाको बैठक स्थगित

विराटनगर । कोशी प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण कोशी प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।

प्रदेश सभामा सोमबार बैठक सञ्चालन गरेका सभाध्यक्ष इस्राइल मन्सुरीले समेत मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत दिएको र विश्वासको मत दिनु नहुने भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

सभाध्यक्ष मन्सुरीले बैठक सुरु गरे लगत्तै विपक्षी दलका सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपछि मन्सुरीले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको घोषणा गरे ।

सभाध्यक्षबाट विश्वासको मत लिनु असंवैधानिक कार्य भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *