इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘इजी.५’ फेला

काठमाडौँ । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ । मंगलबार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो । मन्त्रालयका अनुसार संक्रमित दुई जनामै सामान्य लक्षण देखिएको छ । उनीहरुलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

श्वासप्रश्वाससम्बन्धी रोगको पहिचानका लागि देशभर ४५० अस्पतालहरुले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो । इजी.५ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरिमा पुष्टि भएको थियो । अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *