कोशीका मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध सर्वोच्च पुग्यो एमाले

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले संविधान मिचेर विश्वासको मत लिदएको भन्दै नेकपा एमालेका नेताहरु सर्वोच्च अदालत पुगेका छन् । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुगेका हुन् ।

मुख्यमन्त्री उद्धब थापाले प्रदेश सभाको सभाध्यक्ष गरिरहेको इस्राइल मन्सुरी समेतको मत लिएर सोमबार विश्वासको मतको प्रस्तावमा बहुमत पाएका थिए ।

तर, सभाध्यक्षले विश्वासको मत दिन नपाउने भन्दै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । नाराबाजीकै बीच सभाध्यक्ष मन्सुरीले विश्वासको मत दिएका थिए । त्यपति उनले विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *