प्रदेशका पदाधिकारीको सम्मेलन गर्दै कांग्रेस
२०८० भदौ ६ गते

काठमाडौ । नेपाली कांग्रेसका सातै प्रदेशका पदाधिकारीको सम्मेलन पोखरामा हुने भएको छ ।
कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा सातै प्रदेशका पदाधिकारीहरूको सम्मेलन भदौ १६ र १७ गते पोखरा हुन लागेको कांग्रेसले जनाएको छ ।
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहने बताइएको छ ।
कार्यक्रमको औपचारिक निर्णय हुन भने बाँकी छ ।
२०८० भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








