प्रचण्ड भेट्न शेखर – गगन बालुवाटारमा
२०८० भदौ ५ गते

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार कोइराला र थापा मंगलबार बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।
उनीहरूले ललिता निवास, सुन तस्करी प्रकरण लगायत सुशासनका सन्दर्भमा बाहिर आइरहेका कुरामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
आम नागरिकलाई अहिले अलिकति सुशासन अगाडि बढ्लाकी भन्ने आशा रहेको उनीहरूको भनाइ थियो ।
२०८० भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








