सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानविन गरौँः सांसद पन्थ

काठमाडौ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले २०४६ सालभन्दा अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिहरुको सम्पती छानविन गर्न माग गरेका छन् ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले हालसम्मका सबै उच्च पदस्थ व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबैको सम्पती छानविन गर्नुपर्ने बताएका हुन् ।

उनले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्यका साथ ०४६ सालपछिका व्यक्तिहरुको सम्पति छानविन गर्ने माग गरिएको भन्दै उनले ०४६ सालभन्दा अगाडीका पनि सबैको सम्पती छानविन हुनुपर्ने बताए ।

उनले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्य अन्त्य गर्नका लागि पनि सबैको सम्पती छानविन गर्नु आवश्यक रहेको बताए ।

उनले ०४६ अघिको व्यक्ति र व्यवस्था ठिक नभएर नै परिवर्तन गर्नुपरेको उल्लेख गर्दै त्यस अघिका पनि सबैको छानविन हुनुपर्ने उनले माग गरे ।

उनले भने,– ‘राजनीतिमा खराब मान्छे मात्रै छन् भन्ने र खराब मात्रै हुन्छ भन्ने भाष्य निर्माण भइरहेको छ । संविधान र व्यवस्था माथि प्रहार भइरहेको छ । यहाँ सबै खराब छन् भन्ने भाष्य निर्माण भइरहेको छ । राजनीतिलाई सफा, आकर्षक र जिम्मेवार बनाउनु पनि अबको आवश्यकता हो । खराबको भीडमा असल मान्छे पनि त चिन्न सकिएन । त्यसैले पनि काण्डहरुको अनुसन्धान र छानविन हुन आवश्यक छ । २०४६ सालभन्दा पहिलेदेखि अहिलेसम्म सबै उच्च पदस्थ व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबै खराब हुन् कि असल हुन् छानविन गर्नुप¥यो । अनुसन्धान गर्नुप¥यो । यो ठिक हो वा बेठिक हो छुट्टयाइदिनुप¥यो । संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्य अन्त्यका लागि पनि यि सब कामहरु गर्नु आवश्यक छ । असल चिजलाई बचाउनुप¥यो र खराब चिजलाई सच्याउनुप¥यो । छिटपुट रुपमा ०४६ पछिका सबै व्यक्तिको सम्पती छानविन गर्नुप¥यो भन्छौँ । तर त्यस अगाडी सबै ठिक थिए त । ति पनि त छानविन गर्नुप¥यो नि । ति ठिक नभएर व्यवस्था परिवर्तन गरेको छ । त्यसपछाडीको मात्रै गर्ने भन्ने आवाज उठेको छ । त्यही भएर अहिलेसम्मका सबैको गर्न आवश्यक छ । यो मेरो विशेष माग हो । म सरकारसँग २०४६ अगाडी पछाडी सबैको छानविन होस् भन्नेकुरा मैले जोडदार रुपमा माग राख्न चाहन्छु ।’

सांसद पन्थले भ्रष्टाचारविरुद्ध सरकार निर्मम हुनुपर्ने बताए । विभिन्न काण्डहरु सेटिङमा मिल्नसक्ने भन्दै कुनैपनि काण्डहरुलाई ढिसमिस नगर्न उहाँले सरकारलाई अनुरोध गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =