सदनको गतिरोध अन्त्यका लागि सिंहदरबारमा राष्ट्रिय दलका नेताहरुको बैठक

साउन १० गतेयता जारी प्रतिनिधि सभाको गतिरोध अन्त्यका लागि राष्ट्रिय राजनीतिक दलहरुका नेताहरुको बैठक सिंहदरबारमा बसिरहेको छ।

आइतबार बसेको बैठकमा सहमति हुन नसकेपछि सोमबार पुन: बैठक बस्नेगरी सकिएको थियो।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेतबाट आउन ढिलो भएकाले बैठक पनि अबेर सुरु भएको हो। खराब मौसमका कारण उनी सुर्खेतबाट उडान नभएपछि नेपालगञ्ज हुँदै काठमाडौं आएका हुन्।

प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरोध गर्दै आएको छ।

तर सत्ता पक्षले भने सीआईबीले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै अडान लिएकाले दुवै पक्षबीच सहमति हुन नसकेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =