मुख्यमन्त्री थापाले भने– सरकारलाई स्थायित्व दिन सभामुखको राजीनामा गराइयो

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकारलाई स्थायित्व दिन सभामुख बाबुराम गौतमको राजीनामा गराइएको बताएका छन् ।

सत्ता गठबन्धनले कोशी प्रदेशमा बहुमतको सरकार निर्माणका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट सभामुख रहेका बाबुराम गौतमलाई राजीनामा दिन लगाइएको थियो । गौतमसहितको सत्ता पक्षका ४७ सांसदको हस्ताक्षर लिएर उद्धब थापा दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् ।

त्यसअघि सभामुखकै हैसियतमा रहेका बाबुराम गौतमको समर्थनममा थापा मुख्यमन्त्री नियुक्त भए पनि त्यसलाई अदालतले खारेज गरिदिएको थियो ।

त्यसपछि भने गौतमलाई राजीनामा नै दिन लगाएर सत्ता गठबन्धनले कांग्रेस प्रदेश संसदीय दलका नेता थापाको नेतृत्वमा सरकार गठन भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *