मुख्यमन्त्री थापाले भने– सहमतीको राजनीति अघि बढाउन मलाई विश्वासको मत दिनुस्

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै आफूलाई विश्वासको मत दिन उनले सबै सांसदलाई आग्रह गरेका छन् । आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अघि बढाउन एमाले र राप्रपालाई पनि उनले आह्वान गरेका छन् ।

‘प्रदेशमा स्थिरता र विकासका लागि मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सहमतीय राजनीतिको अभ्यासलाई अघि बढाउन गठबन्धन दलका सबै सत्ता गठबन्धनका दलका साथै नेकपा एमाले र राप्रपासँग आवद्ध दलका माननीयहरुलाई आग्रह गर्न चाहन्छु ।’

प्रदेशसभाको बैठक नेपाली कांग्रेसका सांसद इस्माइल मन्सुरीले सञ्चालन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *