४ बजेका लागि बोलाइएको सर्वदलीय बैठक अब ७ बजे मात्र बस्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अपरान्ह ४ बजेका लागि बोलाएकोृ सर्वदलीय बैठक सरेको छ । अब साँझ ७ बजे मात्रै उक्त बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड सुर्खेतमा रहेको र खराब मौममका कारण फर्किन ढिलाई भएकोले बैठक सारिएको प्रधानममन्त्रीको सचिवालय जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद अवरोधलगायतका विषयमा छानविन गर्न बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *