कोशी प्रदेशसभाको अध्यक्षता गर्ने सांसद मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएपछि हाल प्रदेश सभा सभामुखविहीन छ । उपसभामुख सृजना दनुवार पनि काठमाडौँ आउने भएकी छन् ।

सभामुख र उपसभामुखको अनुपस्थितमा ज्येष्ठ सांसदको हैसियले कांग्रेस सांसद इस्राइल मन्सुरीले सभाध्यक्षता ग्रहण गरेर बैठक सञ्चालन गर्ने भएका छन् । तर, उनले मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत दिने भएका छन् ।

९३ सदस्यीय कोशी प्रदेशमा सत्तारुढ दलसँग ४७ मत रहेको छ ।

दुई पक्षको मत बराबर भए मात्रै सभामुख वा सभाको अध्यक्षता गर्नेले मत दिन पाउने कानुनी व्यवस्था छ । तर, विपक्षमा भने मत नै निकै कम खस्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *