डा. बाबुराम भट्टराईले दिए सिआईबीलाई बयान

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीलाई बयान दिएको बताएका हुन् ।

उनले सिआईबीलाई उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताए । ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषद्काे निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु !,’ उनले भनेका छन्, ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानबिन्दू बनोस् भन्ने कामना गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =