सदन सुचारु गराउन बसेकाे राष्ट्रिय दलहरुको बैठक निष्कर्षविहीन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय दलहरुको बैठक विना निष्कर्ष सकिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण १० साउनयता अघि बढ्न नसकेको संसद बैठक सुचारु गराउने विषयमा सहमती खोज्न प्रधानमन्त्री दाहालले राष्ट्रिय दलको मान्यतामा रहेका दलहरुलाई बोलाएर छलफल गरेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले संसदको अवरोध हटाउन सुन तस्करी काण्डको छानविन गर्न उच्चस्तरीय आयोग बनाउनै पर्ने अडान लिएका थिए ।

उक्त विषयमा सहमती जुट्न सकेन । बैठकमा नेकपा माओवादी केन्द्रका नेतासमेत रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले उक्त काण्डको छानविन गरिरहेकोले अयोग बनाउन अनुसन्धान प्रभावित हुने बन्दै आयोग बनाउन नहुने अडान लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *