सांसद सुनिल शर्माले असंसदीय शब्द नबोलेकाे भन्दै रेकर्डबाट नहटाउन कांग्रेसको माग

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गरेकाे शब्द असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने बताएको छ ।

आइतबार सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पार्टीका प्रमुख सचेतक र सचेतकहरुलाई छलफलका लागि बोलाएकाे बैठकपछि बोल्दै कांग्रेस सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग गरेकोले संसदको रेकर्डबाट हटाउनु नपर्ने पक्षमा कांग्रेस रहेको बताए । उनले उनले नेकपा एमालेले पनि सांसद शर्माले राख्नुभएको अभिव्यक्ति असंसदीइ नभएकाले हटाउनु नपर्ने बताए । उनले सांसद शर्माले सरकारले आतंककारीहरुको नेतृत्व गर्दै छन् कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ, भन्ने प्रश्न गरेको र यो शब्द संसदीय रहेको बताए ।

उनले भने, ‘हामी सबैले सदन अवरुद्ध भइरहेको छ, डा. सुनिल शर्माले बोलेको विषय रेकर्डबाट हटाउनुपर्ने हो की होइन ? त्यो लिगल हो की होइन भन्ने कुरामा छलफल गरेको छौँ । प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले अब सरकारले उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म अघि बढ्न सक्दैनौँ भन्नुभयो, लामो समयसम्म त सदन अवरुद्ध गर्नु हुँदैन, सुनलि शर्माजीको रेकर्ड पनि हटाउनुपर्छ जस्तो लाग्दैन भन्नुभयो । समिति सभापतिहरुको चयन चाँडो गर्नुपर्ने, सकेसम्म चाँडो निकास निकाल्न प्रयास गरिरहेको भन्नुभयो । संसदलाई यसरी बन्धक बनाइरहनु हुँदैन भन्नुभयो । शर्माले यो सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ, भन्ने प्रश्न रहेछ । त्यसैले त्यो कुरा संसदीय मर्यादाभित्र रहेर बोल्नुभएको जस्तो लाग्यो, नेपाली कांग्रेसको सचेतक भएकाले हटाउनुपर्छ भन्ने पक्षमा छैन । माओवादीले आज कुनै कुरा राखेन ।’

सचेतक थिङले बैठकमा उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म संसद अघि बढ्न नसक्ने कुरा प्रमुख प्रतिपक्षले राखेको बताए । बैठकमा सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न दलहरु मिल्नुपर्ने र समिति सभापति चाँडो चयन गर्नुपर्ने धारणा राख्नुभएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *