प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको आह्वानमा बैठक सुरु भएको हो । बैठकमा मुख्य गरी प्रमुख प्रतिपक्षी दलले गरेको संसद अवरोध खुलाउने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

तर, बैठकमा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, संसदीय दलका प्रमुख सचेतक पदम गिरि उपस्थित भएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत दलका नेता सहभागी छन् ।

एमालेले १० साउनदेखि सुन तस्करी काण्डको छानविन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *